नेप्सेमा करिब १३ अङ्कको गिरावट, १५८ कम्पनी लागे ओरालो!
आज बुधवार १२.८१ अङ्कले घटेर ०.६९% गिरावटको साथ नेप्से परिसूचक १८४५.५१ अंकमा बन्द भएको छ। कारोबार भएका २१६ कम्पनीमध्ये २३ कम्पनी उकालो लागेका छन्, १५८ कम्पनी ओरालो लागेका छन् भने २ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका ११ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा अभियान लघुवित्त रहेको छ, जसको १०% मूल्य बढेर कारोबार भएको छ । सबैभन्दा धेरै गुमाउनेमा पिपल्स पावर लिमिटेड रहेको छ, जसको सेयर मूल्य ७.४७% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर र भोलुममा कारोबार सोल्टी होटेलको भएको छ ।
Comments