नेप्से इन्ट्राडे अपडेट: लगभग १३ अङ्कको गिरावट!
आज नेप्से बजार भारी अङ्कले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८५० को नजिक आएको छ। १३.२० अङ्कले घटेर नेप्से परिसूचक १८४५.१२ मा आएको हो । आज २ घण्टामा लगभग २७ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा सामुदायिक लघुवित्त रहेको छ जसको ९.९९% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा पिपल्स पावर लिमिटेड रहेको छ जसले ८.९९% गुमाएको छ ।
Comments