सानिमा माई हाइड्रोपावरको वार्षिक साधारण सभा आज, लाभांश प्रस्ताव पारित गर्दै
सानिमा माई हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आज कार्तिक २ गते गर्दैछ । सभा स्मार्ट दरबार ब्याक्वेंट धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै, वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनका साथै वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गर्नुका साथै लेक्षपरीक्षण नियुक्त गरी निजको पारिश्रमिक समेत निर्धारण गरिनेछ ।
Comments