इष्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज (कार्तिक २ गते ) अन्तिम दिन हो । यसमा कार्यालय समय सम्म आवेदन दिन सकिने छ । हिजो नेपाल सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सार्वजनिक बिदा दिएका कारण आवेदन दिने मिति एक दिनका लागि थप गरिएको थियो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ७० हजार ३१० कित्ता सेयर निष्काशन गरेको छ ।
जसमध्ये ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ६ लाख २३ हजार ३८९ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा मेरो सेयर वेबसाइट तथा एपबाट आवेदन दिन सक्नेछन् ।
Comments