मनकामना इन्जिनियरिङ हाइड्रोपावरको साधारण सभा कार्तिक २३ गते

मनकामना इन्जिनियरिङ हाइड्रोपावरले वार्षिक साधारणसभा  डाकेको छ । सभामा कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्दैछ । साथै, आर्थिक २०७८-७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनमाथि पनि छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।

सभाले आर्थिक वर्ष २०७९-८० को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गर्नेछ । सभा कार्तिक २३ गते कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा अपरान्ह ४:३० बजे सुरु हुनेछ ।

Comments

Back to top