नयाँ स्टक एक्सेन्जको आह्वान भएसँगै सर्ट सेलिंगबाट कसरी अत्याधिक प्रोफिट गर्ने ?

सर्ट सेलिंग भनेको के हो ?

ब्रोकरको मार्जिन खाता प्रयोगगरी आफुसँग हुँदै नभएको सेयरलाई बजार घट्न सक्ने अनुमानमा उच्च मूल्यमा बिक्री गरी, पछि सस्तो मुल्यमा त्यतिनै परिमाणमा सेयर किनेर दिने र बिचको प्रोफिट मार्जिन आफ्नो गर्ने कार्यलाई सर्ट सेलिङ्ग भनिन्छ l

सर्ट सेलिंगका फाइदाहरु के के छन् ?

सर्ट सेलिंग मार्फत खसेको बजारमा पनि मुनाफा गर्न सकिने हुँदा बजारमा बुलिस – बियरिस मार्केटको कुनै मतलब हुँदैन l अर्थात: बुलिस मार्केटमा लङ्ग पोजिसन र वियरिस मार्केटमा सर्ट पोजिसन ( सर्ट सेलिंग ) गरेर यथेष्ट मुनाफा आर्जन गर्न सकिन्छ l

सर्ट सेलिंगबाट कुन बेला नाफा हुन्छ ?

यदि आफुले आफुसँग नभएको सेयर ब्रोकरको मार्जिन खाता प्रयोग गरी बिक्री गरे पश्चात मूल्य घटेमा सस्तो मुल्यमा त्यतिनै शेयर किनेर दिन सकिने हुँदा लगानीकर्तालाई फाइदा हुन्छ l अर्कोतर्फ, बजार बढेमा बढेको मूल्य बराबरको प्रिमियम ब्रोकरले कट्टा गर्नेछ l अर्थात: उच्च मुल्यमा त्यति नै परिणाममा शेयर खरिद गरी दिनु पर्ने छ  l जसलाई सेयर स्क्वायर अफ भनिन्छ l

सर्ट सेलिङ्ग के- के कुरामा गर्न सकिन्छ ? 

सर्ट सेलिङ्ग सेयर , कमोडीटीज , फरेक्स , करेंसी , डेरिभेटिभ आदि जस्ता कुराहरुमा गर्न सकिने छ l

के सर्ट सेलिंग भए पश्चात बुलिस मार्केटको पर्खाईमा नै बस्न जरुरी छ ?

सर्ट सेलिंग मार्फत बियरिस मार्केटमा पनि  प्रोफिट  गर्न सकिने हुँदा कमाउन बुल नै आउनु पर्ने कुराको जरुरत भने हुदैन l  

सर्ट सेलिंगबाट कसलाई लाभ हुन्छ ?

सर्ट सेलिंग हुँदा लगानीकर्ताले बियर मार्केटमा  पनि कमाउन सक्छन l खरिद बिक्री हुने हुँदा ब्रोकरले पनि कमिसन राम्रो उठाउन सक्छन l त्यतिमात्र, नभएर वियर मार्केटमा पनि लगानीकर्ताले प्रोफिट गरेको निश्चित प्रतिसत क्यापिटल गेनको रुपमा तिर्ने हुँदा सरकारलाई पनि फाइदा हुन्छ l

के सर्ट सेलिंगको प्रावधान नेपालमा छ ?

सर्ट सेलिंगको प्रावधान नेपालमा हाल छैन l

सबैलाई फाइदा हुने सर्ट  सेलिंग किन नेपालमा कार्यान्वयनमा छैन ?

नियामक निकायको फितलो प्रवृति, नियुक्ति लगायतका विषयमा राजनीतिकरण र गैर जिम्बेवारीपूर्ण कार्यले गर्दा सर्ट सेलिंग नेपालमा कार्यान्वयनमा आउन सकेको छैन l

के नेपालमा सर्ट सेलिंग आउन सक्ने कुनै आधार छ ?

धितोपत्र बोर्डबाट नयाँ स्टक एक्सेंज खोल्नको निमित्त आह्वान भए सँगै सर्ट सेलिंग आउने निश्चित प्राय: देखिन्छ l

आगामी  दिनहरुमा निश्चित रुपमा आउने सर्ट सेलिंगबाट कसरी फाईदा लिन सकिन्छ ?

सर्ट सेलिंग आउनु भन्दा पहिले आफ्नो अध्ययनलाई निरन्तरता दिँदै सर्ट सेलिङ्गको पूर्ण: ज्ञान आर्जन गर्न सकेमा जीवनभरी प्रोफिट गर्न सकिने छ l

Comments

Back to top