आशा लघुवित्तको लिलामी सेयरमा आवेदन दिने म्याद थप, कार्तिक २२ गते सम्म किन्न सकिने

आशा लघुवित्त वित्तीय संस्थाको लिलामी सेयरमा आवेदन दिने म्याद थपिएको छ । अब यसमा कार्तिक २२ गते सम्म आवेदन दिन सकिनेछ । कम्पनीले असोज १४ गतेदेखि ७ लाख ८९ हजार ९ सय कित्ता संस्थापक समूहको सेयर लिलामीमा ल्याएको हो । उक्त सेयर खरीद गर्न इच्छुक योग्य व्यक्तिले आवेदन दिनु सक्नेछन् ।

कम्पनीको सेयरको मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ । त्यसैले सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ । आवेदकले सेयर खरीदका लागि आवेदन दिदा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

Comments

Back to top