महालक्ष्मी विकास बैंकले १ अर्बको ऋणपत्र निष्कासन गर्न बोर्ड सँग माग्यो अनुमति

महालक्ष्मी विकास बैंक लिमिटेडले १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको छ । बैंकले असोज २७ गते  सेबोनमा निवेदन पेश गरेको हो । जसमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गर्नेछ । बैंकले १० वर्ष अवधि भएको वार्षिक ११ प्रतिशत व्याजदर रहेको "१० वर्ष, ११% महालक्ष्मी डिबेञ्चर २०८९" नाममा ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।

Comments

Back to top