आशा लघुवित्तको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन
आशा लघुवित्त वित्तीय संस्थाको लिलामी सेयरमा आवेदन दिने आज (असोज ३१ गते) अन्तिम दिन रहेको छ । कम्पनीले असोज २३ गतेदेखि ७ लाख ८९ हजार ९ सय कित्ता संस्थापक समूहको सेयर लिलामीमा ल्याएको हो । उक्त सेयर खरीद गर्न इच्छुक योग्य व्यक्तिले आवेदन दिनु सक्नेछन् ।
कम्पनीको सेयरको मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ । त्यसैले सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ । आवेदकले सेयर खरीदका लागि आवेदन दिदा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कार्यालयसम्म प्राप्त भएका बोलपत्र कात्तिक १ गते मंगलबार ११ बजे प्रभु क्यापिटल कमलादीमा खोलिने छ । विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
Comments