महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयर विक्रीमा ल्याएको छ । कम्पनीले बैंकका केही संस्थापक सेयरधनीको नाममा रहेको ३० हजार १०८ कित्ता संस्थापक सेयर विक्रीमा ल्याएको हो । 

उक्त संस्थापक सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग, काठमाडौं दरबारमार्ग, काठमाडौंमा निवेदन दिनुपर्नेछ । 

Comments

Back to top