कुमारी बैंकले साधारण सभा डाक्यो, लाभांश प्रस्ताव पारित हुने
कुमारी बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न कात्तिक २१ गते साधारण सभा बोलाएको छ। सभा कुमारी बैंकको नक्साल कार्यालयमा बिहान ११ बजे शुरु हुनेछ। सभाले १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
साथै, सभामा मर्जर तथा एक्विजिशन गर्न सञ्चालक समितिबाट गठित मर्जर समिताले गर्ने मर्जर तथा एक्विजिशन सम्बन्धि अन्य कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी दिनेछ । साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक १४ गते बुकक्लोज गर्ने भएको छ। मर्जर प्रक्रियामा रहेका कारण बैंकको शेयर कारोबार भने दोस्रो बजारमा बन्द रहेको छ। यस अनुसार असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्
Comments