बजारको अनुमानित बटम कहाँ ?

ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l

आजको प्राविधिक विश्लेषण यस प्रकार छ:

क्यान्डलस्टिक प्याटर्न :

 

नेप्सेले वियरिस   स्पिनिंग टप क्यान्डल बनाउँदै १८६०.९४  बिन्दुमा बन्द भएको छ l बजारमा अझै पनि बिक्रिकर्ता हावी देखिएकोले केही समय नयाँ खरिदको निमित्त कुर्न सकिने छ l 

सपोर्ट र रेसिस्टेन्स : 

 

 

खस्दो बजारको पहिलो सपोर्ट १८०० आसपास देखिएको छ l त्यसकारण, अझै करेक्सन आउन सक्ने हुँदा नयाँ खरिदका निमित्त त्यति उपर्युक्त देखिएको छैन l यसर्थ, दोस्रो सपोर्टको रेन्ज १६००-१६५० देखिएको हुँदा सम्भावित बटम त्यही आसपास लाग्ने कुराको अनुमान लगाउन सकिन्छ l 

बोलिंजर ब्याण्ड :

मिडल ब्याण्डलाई रेसिस्टेन्स लिएर फर्किएको बजारले  फेरी मिडल ब्याण्डलाई नै रेसिस्टेन्सको रुपमा टेस्ट गर्न गएको देख्न सकिन्छ l  अत: अबको नयाँ सपोर्ट १६५० देखि १७०० आसपास आएर लोवर ब्याण्डमा लिन सक्ने अनुमान लगाउन सकिन्छ l 

आर.एस.आई

  

 

आर.एस.आईले डबल टप लगाएर खसेको छ जसले पुन: डबल बटमलाई टेस्ट गर्नका निमित्त ३० बिन्दु आसपास आउन सक्ने आँकलन गर्न सकिन्छ l 

 

एम.ए .सी.डी 

 

यो इन्डिकेटरबाट बजार विश्लेषण गर्दा बुलिस क्रस ओभर देखिएको छ जुन आफैमा सकारात्मक कुरा हो l त्यसैगरी, हिस्टोग्राम पनि पुन: बढ्न थालेकोले केही राम्रो संकेत भने गरेको देख्न सकिन्छ l 

 

डी.एम .आई

 

 

डी. एम. आई इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी पुन: दुबै लाईन टाढीएको देख्न सकिन्छ जुन आफैमा नकारात्मक संकेत हो l तथापि , ए.डी.एक्स लाईन भने केही तल आएकोले मोमेन्टमको साथमा बिक्री चाप आउने सम्भावाना कमै  देखिन्छ l 


 

इलेट वेभ सिद्धान्त अनुसार नेप्सेले फाईनल फिप्त वेभमा इन्डीङ्ग डाईनोगल बनाएर १६००-१६५० बिन्दुमा बटम लगाउन सक्ने कुरा प्राविधिक विश्लेषणबाट देखिएको छ l तसर्थ, नयाँ खरिद निर्णय लिनको निमित उपर्युक्त समय नभएकोले केही समय कुर्न सकिने छ l 

पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथि प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न  सक्नेगरी व्यवस्थापन गर्नुहोला l

Comments

Back to top