नेप्सेमा करिब १० अङ्कको गिरावट, १४८ कम्पनी लागे ओरालो !

आज आइतबार ९.६९ अङ्कले घटेर ०.५२% गिरावटको साथ नेप्से परिसूचक १८६०.९४ अंकमा बन्द भएको छ। कारोबार भएका २२१ कम्पनीमध्ये ३०  कम्पनी उकालो लागेका छन्, १४८ कम्पनी ओरालो लागेका छन् भने ५ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका ११ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

 

प्रमुख कारोबार

 

आज नेप्से बजारको टप गेनरमा अभियान लघुवित्त रहेको छ, जसको ९.९९% मूल्य बढेर कारोबार भएको छ । सबैभन्दा धेरै गुमाउनेमा पिपल्स पावर लिमिटेड रहेको छ, जसको सेयर मूल्य १०% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर र भोलुममा कारोबार एभरेस्ट बैंकको भएको छ ।

Comments

Back to top