एनआईसी एशिया ग्रोथ फण्डले १३ प्रतिशत लाभांश वितरण गर्ने
एनआईसी एशिया ग्रोथ फण्डले इकाईधनीहरुलाई आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट १३ प्रतिशत अर्थांत् १० करोड ८५ लाख ७६ हजार नगद लाभांश वितरण गर्ने भएको छ ।
ग्रोथ फण्डले लाभांश वितरण गर्न बुक क्लोज मिति पनि तय गरेको छ । एनआईसी एशिया क्यापिटलका अनुसार कार्तिक १५ गते एक दिन बुक क्लोज रहनेछ । यसको मतलब कार्तिक १४ गते सम्म कायम इकाइधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन् ।
Comments