एनआईसी एशिया ब्यालेन्सड् फण्डको बुक क्लोज कार्तिक १५ गते, १३ प्रतिशत लाभांश वितरण गर्दै

एनआईसी एशिया ब्यालेन्सड् फण्डले लाभांश वितरण गर्न बुक क्लोज मिति तय गरेको छ । एनआईसी एशिया क्यापिटलका अनुसार कार्तिक १५ गते एक दिन बुक क्लोज रहनेछ । यसको मतलब कार्तिक १४ गते सम्म कायम इकाइधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन् ।

एन आई सी एशिया ब्यालेन्सड् फण्डले इकाईधनीहरुलाई आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट १३ प्रतिशत अर्थांत् ९ करोड ८१ लाख ५० हजार नगद लाभांश वितरण गर्ने भएको हो ।

Comments

Back to top