सान्जेन जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम मौका
सान्जेन जलविद्युत कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज (असोज ३० गते) अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ५ गतेदेखि स्थानिय बासिन्दाहरुका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । यसमा कार्यालय समयसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ३६ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । उक्त सेयरमा अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं. ५ चिलिमे, प्रभावित वर्ग आयेजनाले निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित हुने आमाटादिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीहरुका बासिन्दाहरुले आवेदन दिन पाउनेछन्। स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।
यो आइपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । यस्तै, सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् । यसमा सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
Comments