नेप्सेमा दुई कम्पनीकाे आइपीओ सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार २ कम्पनीको आईपीओ सूचिकृत भएको छ । नेप्सेका अनुसार पिपुल्स पावर कम्पनी लिमिटेडको ६३ लाख २६ हजार कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम ९४.९६ रुपैयाँ देखि अधिकतम २८४.८८ रुपैयाँ सम्म ओपनिङ रेञ्ज तोकिएको छ ।

त्यस्तै, सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडको ३० लाख  कित्ता आईपीओ सूचिकृत भएको छ । कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम ६४.९६ रुपैयाँ देखि अधिकतम १९४.८८ रुपैयाँ सम्म ओपनिङ रेञ्ज तोकिएको छ ।

Comments

Back to top