एनआईबिएल एस क्यापिटलको साधारण सभा कात्तिक १८ गते, लाभांश प्रस्ताव पारित हुने
एनआईबिएल एस क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले सभा बस्ने निर्णय गरेको हो । दशौँ वार्षिक साधारण सभा कात्तिक १८ गते एनआईबिएलएस क्यापिटलको सभाहल, काठमाडौँमा बिहान १०:३० बजेदेखि सुरू हुनेछ ।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यसैगरी, कम्पनीको सञ्चालक समितिको वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८-७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७९-८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
Comments