इष्टर्न हाइड्रोपावरको आइपीओ बिक्री खुल्ला,
इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आज देखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । यसमा बैंकिङ्ग समय देखि आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ७० हजार ३१० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
जसमध्ये ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ६ लाख २३ हजार ३८९ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। उक्त आईपीओमा कात्तिक १ गते सम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद कात्तिक १४ गतेसम्म लम्बिनेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा मेरो सेयर वेबसाइट तथा एपबाट आवेदन दिन सक्नेछन् ।
Comments