नेप्सेमा करिब ४ अङ्कको वृद्धि, १२ सब-इन्डेक्स लागे उकालो !

आज बिहीबार ४.१५ अङ्कले बढेर ०.२२% वृद्धिको साथ नेप्से परिसूचक १८७०.६३ अंकमा बन्द भएको छ। कारोबार भएका २२२ कम्पनीमध्ये ९५  कम्पनी उकालो लागेका छन्, ७९ कम्पनी ओरालो लागेका छन् भने ९ कम्पनी स्थिर रहेका छन्।

 

 

कारोबार भएका १२ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

 

 

प्रमुख कारोबार

 

आज नेप्से बजारको टप गेनरमा अभियान लघुवित्त रहेको छ, जसको १०% मूल्य बढेर कारोबार भएको छ । सबैभन्दा धेरै गुमाउनेमा सिटिजन्स बैंक म्युचल फन्ड २ रहेको छ, जसको सेयर मूल्य ४.४५% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर नबिल बैंकको र भोलुममा कारोबार प्रोग्रेसिव फाइनान्स लिमिटेडको भएको छ ।

Comments

Back to top