नेप्से इन्ट्राडे अपडेट: लगभग ३ अङ्कको गिरावट!

आज नेप्से बजार झिनो अङ्कले घटेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८६० को नजिक आएको छ। २.६४ अङ्कले घटेर नेप्से परिसूचक १८६३.८४ मा आएको हो । आज २ घण्टामा लगभग ३३ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा सामुदायिक लघुवित्त  रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा गणपति लघुवित्त रहेको छ जसले ३.८६% गुमाएको छ ।

Comments

Back to top