प्रि -ओपन सेसनमा झिनो अङ्कको वृद्धि!
आज प्रिओपन सेसनमा नेप्से ०.४६ अंकले बढेको छ l
बिहिबार केही अंकले बढेर १८७० मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८७१.०९ मा खुलेको हो। ५८३ कित्ता सेयरको खरिदबिक्री हुँदा दुई लाख अठाईस हजार चार सय सैतालिस बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा बढी हो ।
आज १७ कम्पनीको कारोबार हुँदा ३ कम्पनी बढेर कारोबार भएका छन्।
Comments