नेप्सेमा ४.४५ अंकको गिरावट, ८ अर्ब ९५ करोडको सेयर कारोबार!
बुधबार नेप्से परिसूचक ४.४५ अंकले घटेर २,७११.४५ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३०९ कम्पनीको कुल १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता सेयरको करिब ८ अर्ब ९५ करोड ८० लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ११३ कम्पनीको सेयर मूल्य बढेको छ, १२२ कम्पनीको मूल्यमा गिरावट छ भने ७ कम्पनीको मूल्य स्थिर रहको छ।
यस दिन कारोबार भएका ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटको छ।
प्रमुख कारोबार
यस दिन टप गेनरमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र छ्याङदी हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने टप लुजरमा सामुदायिक लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैँक लिमिटेड रहेका छन् जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा नेपाल रिइस्योरेन्स कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोड ७६ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सनराइज फोकस्ड इक्विटी फण्डको सबैभन्दा धेरै कारोबार भयो।
Comments