नेप्सेमा १४.०८ अंकको गिरावट, ८ अर्ब ९१ करोडको सेयर कारोबार!

मंगलबार नेप्से परिसूचक १४.०८ अंकले घटेर २,७१५.९१ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१५ कम्पनीको कुल २ करोड ६९ लाख १७ हजार ८३५ कित्ता सेयरको करिब ८ अर्ब ९१ करोड ९६ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ७१ कम्पनीको सेयर मूल्य बढेको छ, १६२ कम्पनीको मूल्यमा गिरावट छ भने ९ कम्पनीको मूल्य स्थिर रहको छ।

यस दिन कारोबार भएका २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ भने ४ कम्पनीको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ८७ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा हिमालय उर्जा विकास कम्पनी लिमिटेडको सबैभन्दा धेरै कारोबार भयो।

Comments

Back to top