नेप्सेमा ११.१० अंकको गिरावट, ७ अर्ब ८५ करोडको सेयर कारोबार!
बिहिबार नेप्से परिसूचक ११.१० अंकले घटेर २,६५४.३५ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३१८ कम्पनीको कुल १ करोड ५१ लाख ४ हजार ०३३ कित्ता सेयरको करिब ७ अर्ब ८५ करोड ७७ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ८६ कम्पनीको सेयर मूल्य बढेको छ, १४९ कम्पनीको मूल्यमा गिरावट छ भने ८ कम्पनीको मूल्य स्थिर रहको छ।
यस दिन कारोबार भएका २ उपसमूहको परिसूचक बढेको छ ११ उपसमूहको परिसूचक घटेको छ।
प्रमुख कारोबार
यस दिन टप गेनरमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैँक लिमिटेड र सिक्लेस् हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा सुपर मादी हाइड्रोपावर लिमिटेड र मन्दाकिनी हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा सप्तकोशी डेभलपमेन्ट बैँक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ८९ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको प्रोमोटरको सबैभन्दा धेरै कारोबार भयो।
Comments