लस एन्जलसको जङ्गलमा फेरि आगलागी, हजारौं मानिसलाई सुरक्षित स्थानमा सारियो
अमेरिकाको लस एन्जलसको जङ्गलमा फेरि भीषण आगलागी भएको छ । आगलागी फैलिएसँगै हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
अहिले आगो लागेको क्षेत्र सहरबाट ४५ किलोमिटर टाढा रहेको बीबीसीको समाचारमा उल्लेख छ ।
कास्टिक ताल नजिकैको पहाडी क्षेत्रमा आगलागी भएको हो। त्यहाँ नजिकै धेरै आवासीय क्षेत्र र स्कूलहरू छन् ।
आगलागीले आठ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ । तीव्र हावा र सुख्खा झाडीहरूले आगो बढाउन इन्धनको रूपमा काम गरिरहेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
यस आगलागीबाट हालसम्म कुनै पनि घरमा क्षति नभए पनि करिब १९ हजार बासिन्दा घर छाड्न बाध्य भएका छन् ।
क्यालिफोर्निया राज्यमा पर्ने उक्त जङ्गलमा लागेको कआगो निभाउन बिहीबार बिहान दमकलको सहायतामा प्रयास जारी छ ।
लस एन्जलसमा आगलागी भएको एक साताभन्दा बढी भइसकेको छ । यसबाट धेरै मानिसका आलिशान घर ध्वस्त भएका छन् भने २५ जनाको ज्यान गएको छ ।
एजेन्सी
Comments