प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.७७ अंकले बढ्यो !
बिहिबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.७७ विन्दुले बढेको छ।
बुधबार ५२.३६ अंकले बढेर २,६६५.४५ मा बन्द भएको नेप्से आज प्रिओपन पछि २,६७०.२३ मा खुलेको हो। कुल ११,३६१ कित्ता सेयरको खरिदबिक्री करिब ७३ लाख ५९ हजार बराबरको कारोबार भएको छ।
यस सेसनमा कारोबारमा आएका ७६ कम्पनीमध्ये ३९ को मूल्य बढ्यो भने २९ कम्पनीको मूल्य घटेको छ । बाँकी ७ कम्पनीको मूल्यमा भने परिवर्तन छैन।
यस अवधीमा कुल १३० पटक ट्रान्ज्याक्सन भएको छ।
Comments