सीमा क्षेत्रमा आपराधिक गतिविधि रोक्न नेपाल र चीनबीच सहमति

नेपालको उत्तरी रसुवागढी नाका क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि रोक्न तथा गल्ती गर्ने उपर कानुनी कारबाही अगाडि बढाउने विषयमा नेपाल र चीनको सीमा क्षेत्रका अधिकारीबीच सहमति भएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी तथा मित्र राष्ट्र चीनको केरुङ प्रान्तका प्रशासकसहित हालै भएको सीमा सुरक्षासम्बन्धी बैठकमा केरुङ नाकामा कुनै पनि गैरकानुनी क्रियाकलाप हुन नदिन, व्यापार व्यवसायलाई सहज पार्न तथा नाकालाई व्यवस्थित र मर्यादित बनाउन दुवै पक्षबीच सहमति भएको हो ।

बैठकमा नेपालको नेतृत्व रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र चीनको तर्फबाट झू जिन सुईले गरेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

केरुङमा काम गर्ने नेपालीको पूर्ण सुरक्षा गर्ने, अवैध रूपमा सुन तथा अखेटोपहार ओसारपसार पूर्णरूपमा नियन्त्रण गर्ने, त्यस्ता कार्यमा संलग्न व्यक्ति उपर कानुनी प्रक्रिया अगाडि बढाउने विषयमा सहमति भएको प्रजिअ पौडेलले जानकारी दिए ।

एजेन्सी

Comments

Back to top