सुडानको राजधानी खार्तुममा भएको गोलाबारीमा १ सय २० जनाको ज्यान गयो
सुडानको राजधानी खार्तुममा भएको गोलाबारीमा एक सय २० जनाको ज्यान गएको छ । सुडानी स्वयंसेवक उद्धारकर्ताहरूले खार्तुमको ट्वीन सिटीमा बन्दुकधारीहरुले अन्धाधुन्ध गोली चलाएको बताएका समाचार संस्था एएफपीले जनाएको छ ।
युद्धग्रस्त देशभरि स्वयंसेवक उद्धारकर्ताहरूको नेटवर्कको रूपमा काम गर्ने संस्था ओम्बाडाको आपतकालीन प्रतिक्रिया कक्षले आक्रमणको कारण नखुलेको बताएको छ । सेना र आरएसएफ दुवैले एक अर्कालाई स्वास्थ्यकर्मीहरू सहित नागरिकहरूलाई लक्षित गरेको र आवासीय क्षेत्रहरूमा अन्धाधुन्ध गोलाबारी गरेको आरोप लगाएका छन् ।
एक्कासी ठूलो आक्रमण हुँदा शहरमा त्रास फैलिएको छ । अस्पतालमा बेड र डाक्टरको अभाव हुँदा कयौँ घाइतेले उपचार नपाएको खबरमा उल्लेख छ । सुडानमा २० महिनाभन्दा लामो युद्धपछि सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको लडाइँ पछिल्लो हप्ताहरूमा बढेको छ । सहायता एजेन्सीहरूका अनुसार युद्धमा दशौं हजार मानिस मारिएका छन् । देशमा भोकमरीले सताएको छ ।
एजेन्सी
Comments