टाटाले ल्यायो टिगोर र टियागो ईभीको अपडेट भर्सन

टाटा मोटरले टिगोर र टियागो ईभी अपडेट गरेको छ, जसमा इन्टेरियरको साथै एक्सटेरियर डिजाइन पनि समावेश छ ।

टाटाले टियागोको पेट्रोल र पेट्रोल प्लस सीएनजी दुबै भेरिएन्ट यथावत राखेको छ । २०२५ टाटा टियागो ईभीको मूल्य ७ लाख ९९ हजार भारुबाट सुरु हुन्छ ।

नयाँ टियागो र टियागो ईभीमा अब नयाँ ग्रिलको साथ अपडेट लुक समावेश छ । साथै टियागो र टियागो ईभीको नयाँ क्यान्डी कलरले एसयूभीलाई निकै आकर्षक बनाएको छ ।

कम्पनीले टियागो र टियागो ईभीमा नयाँ हेडलाइट समावेश गरेको छ । यसलाई हेलोजन प्रोजेक्टर सेटअपको ठाउँमा एलईडीको रिफ्लेक्टर सेटअप राखिएको छ । यद्यपि यसको एलईडी डीआरएल र फग लाइट यथावत राखिएको छ ।

यसमा १५ इन्चको अलोय ह्विल, शार्क–फिन एन्टिना, १०.२५ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, क्रूज़ कन्ट्रोल, टायर प्रेशर मनिटरिङ सिस्टम र टाइप सी चाजिर्ङ पोर्ट समावेश गरिएको छ । टाटा टियागो र टियागो ईभीको साथमा कम्पनीले टिगोर आईसीई मोडल पनि अपडेट गरेको छ।

२०२५ टिगोरमा ग्रिलमा क्रोम हाइलाइट र १०।२५ इन्चको इन्फोटेनमेन्ट स्क्रिन पनि समावेश गरिएको छ । यद्यपि नयाँ टिगोर २०२५ टियागोको तुलनामा अधिक सुविधा सम्पन्न हुनेछ, जसलाई एक्सजेड प्लस ट्रिममा आधारित नयाँ लक्स टप भेरिएन्ट समावेश छ। सेफ्टीका लागि ३६० डिग्री क्यामेरा र लेदर स्टेयरिङ ह्विलको साथमा पुश बटन स्टार्ट समावेश छ।

२०२५ टियागो र २०२५ टिगोर समान १.२ लिटर ३ सिलिन्डर एनए पेट्रोल इन्जिनको साथमा ड्युअल सिलिन्डर आई(सीएनजी प्रविधिको विकल्पमा उपलब्ध हुनेछ ।

२०२५ टियागो ईभीमा पहिले जस्तै १९.२ किलोवाट र २४ किलोवाटको ब्याट्री प्याकको विकल्प रहेको छ । सो ब्याट्रीले फुल चार्जमा ३१५ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ ।

एजेन्सी

Comments

Back to top