प्लेटोको जीवनी र उनको शिक्षा पद्धति
राजनीतिशास्त्रका जनक प्लेटोको जन्म ईसापूर्व ४२८ मा एक अभिजात कुलमा भएको थियो । उनी तीक्ष्ण र कुशाग्र बुद्धिका थिए । सोक्रेटसका असाध्य मनपर्ने शिष्यहरूमा प्लेटो पनि एक थिए । प्लेटोले आफ्नो गुरूले दिएका उपदेशहरूलाई व्यवस्थित र मर्यादित बनाएकाले उनी राजनीतिक चिन्तनका पिताका रूपमा चिनिएका थिए । उनले आदश काल्पनिक राज्यको परिकल्पना गरेका थिए । बाल्यकालदेखि नै राजनीतिक परिवारमा बितेकाले उनमा त्यसको प्रभाव परेको देखिन्छ । उनले महान् राजनीतिज्ञ बन्ने सपना बनाएका थिए । तर, समय क्रममा उनी सक्रिय राजनीतिबाट टाढा हुँदै एक महान् दार्शनिक बन्न पुगे । उनले आफ्नो प्रारम्भिक शिक्षा तत्कालीन महान दार्शनिक सोक्रेटसको विद्यालयबाट नै पाएका थिए । विद्यालयमा प्लेटो अब्बल दर्जाका विद्यार्थीमा गनिन्थे । यसले गर्दा उनी सोक्रेटसका प्रिय शिष्य बन्न सफल भए । सोक्रेटस शारीरिकरूपमा कुरूप थिए भन्ने प्लेटो सुन्दर देखिन्थे ।
आफ्नो गुरूको विषपानमार्फत मृत्यु भएको हृदयविदारक दृश्य भुल्नको लागि प्लेटोले २ वर्षसम्म अज्ञात बास मगाएका थिए । सम्भवतः आफ्ना गुरूको मृत्युदण्डपछि २८ वर्षका प्लेटोले त्यो दृश्य बिर्सन सकेनन् । आफ्नो राज्यमा आफूलाई सुरक्षित पनि महसुस भएन । उनी अज्ञात बासमा गएका थिए । त्यसबेला उनले विभिन्न विषयमा गहिरो ज्ञान प्राप्त गर्नुका साथै विभिन्न ठाउँहरूको गोप्यरूपमा भ्रमण गरेका थिए ।
प्लेटोको समयमा एथेन्सको स्थिति दिनदिनै खराब भइरहेको थियो भन्ने स्पार्टामा सैनिकहरूको कुलीनतन्त्रको शासन थियो । तुलनात्मकरूपमा एथेन्समा भन्दा स्पार्टामा व्यवस्थित र राम्रो शासन व्यवस्था थियो । एथेन्समा ज्ञानी र विद्वानको कुनै कदर थिएन । समाजमा व्यापक अपराध र घुसखोरी व्याप्त थियो । शासकहरू पनि भ्रष्ट थिए भन्ने जनता पनि स्वार्थी र भ्रष्ट थिए । यस्तो अवस्थामा प्लेटो आदर्श राज्य र आदर्श शासक हुनुपर्दछ भन्ने तर्क गरी हिँड्थे । आदर्श राज्य र आर्दश शासक तयार गर्नको लागि समाजवादी शिक्षा व्यवस्थाको पक्षमा उनी वकालत गर्दथे । कम्युनिस्ट सिद्धान्तका प्रतिपादक कार्ल माक्र्सले पनि वर्गविहीन समाज स्थापनाको लागि समाजवादी शिक्षा पद्धतिबारे उल्लेख गरेका छन् । तत्कालीन स्पार्टाका सैनिक शासकहरूले अनिवार्य सैनिक शिक्षा लागू गरेका थिए । प्लेटोलाई स्पार्टाको शिक्षा मन पर्दथ्यो । त्यसैले प्लेटोको शिक्षा पद्धतिमा स्पार्टाको जस्तो कडा सैनिक शिक्षा दिनुपर्ने व्यवस्था गरेको थियो ।
प्लेटोको शिक्षाको मूल उद्देश्य उत्तम मानिसको निर्माण गर्ने हो । मानव आत्मालाई ज्ञानको प्रकाशद्वारा प्रकाशित गर्नु नै प्लेटोको शिक्षा पद्धतिको उद्देश्य हो । शारीरिक र मानसिकरूपले आदर्श नागरिक तयार गर्ने, त्यसको लागि मानवलाई बौद्धिक शिक्षा दिने उद्देश्य प्लेटोको थियो । आध्यात्मिक शिक्षाले मानिसको मनलाई नैतिक बनाउने भएकोले प्लेटोले मानिसलाई धार्मिक र आध्यात्मिक शिक्षा दिनुपर्नेमा जोड दिनुभएको थियो । प्लेटोले मानिस मन र शरीर भएका प्राणी मानी मन र शरीरको विकास आफ्नो शिक्षाको उद्देश्य भनेका छन् । उनको शिक्षा प्रणाली जीवनपर्यन्त चल्ने प्रक्रियामा छन् । मानिसले जीवनपर्यन्त शिक्षा हासिल गर्ने प्रक्रियामा रहेमा मानव जीवन जीवनभर सच्चरित्र, नैतिकवान, कुशल, बौद्धिकरूपमा सक्षम, आध्यात्मिकरूपमा उत्तम र शारीरिकरूपमा सक्षम नागरिक भइरहने उनको तर्क थियो । त्यसको लागि राज्यले निःशुल्क शिक्षा दिनुपर्ने बताएका छन् । माक्र्सले परिकल्पना गरेजस्तै प्लेटोले पनि समाजवादी शिक्षानीतिको वकालत गर्दै राज्य नियन्त्रित शिक्षा प्रदान गरी राज्यको लागि आवश्यक जनशक्ति निर्माणमा जोड दिएका थिए । राज्य नियन्त्रित शिक्षा सबैलाई अनिवार्य भने पनि प्लेटोले उत्पादक र श्रमिक वर्गलाई शिक्षा आवश्यक छैन भनेका थिए । किनभने उनीहरूको व्यस्तताले गर्दा जीवनपर्यन्त शिक्षा लिन उनीहरू सक्षम पनि हुँदैनन् र उनीहरूलाई शिक्षा पनि रूचि नहुने उनको तर्क थियो । तर, प्लेटोले अनिवार्य महिला शिक्षामा जोड दिनुभएको थियो । उनले महिलाहरूलाई अनिवार्य सैनिक शिक्षा दिनुका साथै सङ्गीत शिक्षामा पनि जोड दिनुभएको थियो ।
प्लेटोले शिक्षा पद्धतिलाई तीन चरणमा विभाजन गरेका थिए । प्रारम्भिक, माध्यमिक र उच्चशिक्षा । मानिसको उमेर २ वर्षसम्म दिइने शिक्षालाई प्लेटोले प्रारम्भिक शिक्षा भनेका थिए । यस समयमा नैतिक शिक्षा ५ वर्षको उमेरसम्म, ८ वर्षसम्म धार्मिक र बौद्धिक शिक्षा र २ वर्षसम्म शारीरिक र सङ्गीतको शिक्षा दिनुपर्नेमा जोड दिनुभएको थियो । नैतिक शिक्षा दिएर मानवलाई नैतिकवान बनाई आदर्श नागरिक बनाउने उद्देश्य प्लेटोको थियो भने धार्मिक र बौद्धिक शिक्षा दिएर मानिसको मन र आत्मालाई उत्तम र सुसंस्कृत बनाउने उद्देश्य प्लेटोको थियो । त्यस्तै शारीरिक शिक्षा दिनुको मतलब देशको लागि आवश्यक परेको बेला सुरक्षा प्रदान गर्न लडाकू सैनिक बनाउने उद्देश्य प्लेटोको थियो भने सङ्गीत शिक्षा दिनुको उद्देश्य राम्रो गुणको विकास गर्न भनेका थिए । सङ्गीतको शिक्षामा प्लेटोले साहित्यको ज्ञानलाई पनि समावेश गरेका थिए । साहित्यको अध्ययनले लड्नको लागि उत्प्रेरणा दिने प्लेटोको सोच थियो ।
माध्यमिक शिक्षा मानिसको उमेर २ वर्षदेखि ३ वर्षको समयसम्म दिइने शिक्षालाई प्लेटोले माध्यमिक शिक्षा भनेका थिए । यस अवधिको शिक्षा पनि उहाँले सबैलाई अनिवार्य दिनुपर्ने बताउनुभएको थियो । यस अवधिमा गणित, तर्कशास्त्र, ज्यामिति तथा ज्योतिषशास्त्र विषयको अध्यापन गराउनुपर्ने वकालत गरेका थिए । प्लेटोका अनुसार गणित शिक्षाले व्यक्तिलाई कुशाग्र बनाई सबै प्रकारको ज्ञानलाई तीव्र बनाउँछ । ज्योतिषको अध्ययनले बुझ्ने शक्ति तीव्र बनाउँछ । ज्यामितिको अध्ययनले युद्ध कौशललाई बढाउँछ भन्ने तर्कशास्त्रले मानिसले फरासिलो र उत्कृष्ट बनाउन मद्दत गर्ने प्लेटोको धारणा थियो ।
मानिस ३ वर्षदेखि ३५ वर्षसम्म दिइने शिक्षालाई प्लेटोले उच्च शिक्षा भनेका थिए । यस अवधिमा मानवलाई द्वन्द्व र विचार विधि सम्बन्धमा ज्ञान दिनुपर्नेमा प्लेटोले जोड दिएका थिए । सामाजिक र राजनैतिक द्वन्द्वको अध्ययनले मानवलाई शुद्ध र व्यवहारिक ज्ञान प्राप्त हुने प्लेटोको मत थियो । त्यस्तै विचार विधिको अध्ययन अध्यापनले दार्शनिक शासक हुन मद्दत गर्ने प्लेटोको विचार थियो । मानिसलाई ३६ वर्षदेखि ५ वर्षसम्म दर्शन र राजनीतिको शिक्षा दिनुपर्ने बताएका थिए । मानव ३५ नाघेपछि राजनीतिकरूपमा सक्रिय हुने भएकोले उनलाई आदर्श राज्य र आदर्श शासकको लागि तयार गर्नुपर्ने प्लेटोको धारणा थियो । ५ वर्षसम्मको निरन्तर शिक्षाले एक मानिसलाई एक व्यवहारिक र आदर्श नागरिक बनाई एक योग्य शासक तयार गर्ने प्लेटोको लक्ष्य थियो । ५ वर्षपछि मानिसले निरन्तर शिक्षाग्रहण गर्नुपर्ने प्लेटोको धारणा थियो । त्यस समयमा मानिसले व्यवहारिक ज्ञान प्राप्त गरी समाज र राज्यको लागि उत्तम योगदान गर्न सकिने बताएका थिए ।
प्लेटोको समयमा एथेन्सको राजनीतिक र सामाजिक घटनाक्रमले उनलाई निकै चिन्तित बनाएका थिए भने स्पार्टाको राजनैतिक, सामाजिक र शिक्षा व्यवस्थाले प्लेटोलाई निकै प्रभावित परेका थिए । त्यसैले उनी एथेन्सलाई एक आर्थिकरूपमा सम्पन्न, राजनीतिकरूपमा मजबुत, सामाजिकरूपमा सुसंस्कृत र व्यवस्थित राज्य, शैक्षिकरूपमा राज्य नियन्त्रित शिक्षा व्यवस्था कायम गरी शासन पद्धति सुहाउँदो शासक बनाउन चाहन्थे । शिक्षाकै माध्यमबाट प्लेटो देशको निम्ति नैतिक, बौद्धिक र उत्तम लडाकू तयार गरी राज्यलाई एक समृद्धशाली बनाउन चाहन्थे । वर्तमान समयमा पनि प्लेटोको शिक्षा पद्धति अनुकरणीय छ । उनको शिक्षा पद्धतिले आदर्श नागरिक बनाउनुका साथै राष्ट्रभक्त नागरिक बनाउन मद्दत गर्दछ । त्यसैले पनि चौबीस सय वर्षपछि पनि प्लेटोको शिक्षा व्यवस्था अनुकरणीय छ ।
एजेन्सी
Comments