तिब्बत केन्द्रविन्दु भएर ‘शक्तिशाली’ भूकम्प, पूर्वी नेपालमा बढी महसुस

मंगलबार बिहान चीनको तिब्बत केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।

पूर्वी हिमाली जिल्ला ताप्लेजुङनजिकै पर्ने डिन्गेऐ केन्द्रविन्दु भएर ७.० म्याग्निच्युडको शक्तिबाली भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा आएको भूकम्पले पूर्वी क्षेत्रमा बढी हल्लाएको थियो ।

साथै काठमाडौंलगायत मध्य क्षेत्रमा पनि भूकम्पको झड्का राम्रैगरी महसुस भएको थियो ।

काठमाडौंमा केही समयसम्म भूकम्पको कम्पन रहेको थियो। यसले गर्दा काठमाडौं निवासी सडकमा निस्किए भने चराहरू उडेका थिए ।

साथै धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक मकवानपुर, बारालगायत जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्पको महसुस भारत, भुटान र बंगलादेशमा पनि भएको थियो । भूकम्पको क्षतिको विवरण आउन बाँकी छ ।

एजेन्सी

Comments

Back to top