हर्रो खाँदा स्वास्थ्यलाई हुने फाइदा !
हर्रो एन्टीअक्सीडेन्ट र एन्टीब्याक्टेरियल गुणले भरपूर हुन्छ । यसको एक चम्चा धुलो दैनिक सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता बलियो हुने आयूर्वेदका चिकित्सक बताउँछन् ।
हर्रोमा एन्टीइन्फ्लामेटरी गुण पाइन्छन् । दैनिक एक चम्चा हर्रोको धुलो तातो पानीसँग खाँदा शरीरको कुनै पनि अंग सुन्निने समस्या कम हुँदै जान्छ ।
यसमा हुने एन्टीअक्सीडेन्ट गुणले शरीरलाई फ्रि रेडिकल्सबाट हुने नोक्सान जोगाउँछ । तातो पानीसँग खाँदा शरीरका विषाक्त पदार्थ बाहिर निस्कन्छन् ।
हर्रोमा यस्ता तत्व हुन्छन्, जसले मेटाबोलिज्म बढाउन सहयोग गर्छ । यसको सेवनले भोक नियन्त्रणमा राख्छ । जसका कारण तौल कम गर्न पनि सहयोग हुन्छ ।
यो जडिबुटीले पाचन प्रक्रिया बढाउन सहयोग गर्छ । खाली पेट यसको सेवन गर्दा पाचन शक्ति बलियो हुन्छ । यसको सेवनले ग्यास, एसिडिटी र कब्जियतबाट छुट्कारा पाउन सकिन्छ ।
यसको एन्टीब्याक्टेरियल, एन्टीफंगल र एन्टीभाइरल गुणले संक्रमण तथा रोगबाट बचाउन सहयोग गर्छ । यसको नियमित सेवन गर्नाले शरीरको रोग प्रतिरोधात्मक क्षमता राम्रो हुन्छ ।
हर्रोमा वात सन्तुलन गर्ने गुण हुन्छ । यसको सेवनले हड्डीसँग जोडिएका धेरै समस्यामा राहत पाउन सकिन्छ । बाथ तथा जोर्नी दुख्ने समस्या पनि कम हुन्छ ।
हर्रोको सेवन मधुमेहका बिरामीका लागि पनि फाइदाजनक हुन्छ । यसमा हुने हाइपोग्लाइसेमिक गुणले रगतमा सुगरको मात्रालाई नियन्त्रणमा राख्छ ।
एजेन्सी
Comments