नेप्सेमा ५.१० अंकको वृद्धि, ३ अर्ब ५९ करोडको सेयर कारोबार!
बुधबार नेप्से परिसूचक ५.१० अंकले बढेर २,५८१.६० विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३०५ कम्पनीको कुल ९४ लाख ३४ हजार ००९ कित्ता सेयरको करिब ३ अर्ब ५९ करोड ७४ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १५० कम्पनीको सेयर मूल्य बढेको छ, ८८ कम्पनीको मूल्यमा गिरावट छ भने ४ कम्पनीको मूल्य स्थिर रहको छ।
यस दिन कारोबार भएका ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ।
प्रमुख कारोबार
यस दिन टप गेनरमा त्रिसुली जलविद्युत कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड ८२ लाख बराबरको सेयर कारोबार भएको छ।भोल्यूमका आधारमा सबैभन्दा धेरै सनराइज ब्लुचिप फण्डको कारोबार भयो।
Comments