नागरिक लगानी कोषको ३० औं वार्षिक साधारण सभा पुस २९ गते
नागरिक लगानी कोषले ३० औं वार्षिक साधारण सभा पुस २९ गते बोलाएको छ । साधारण सभामा कोषले गत वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २२ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ पुस २१ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश हात पार्न सक्नेछन् ।
साधारण सभा, कोषको केन्द्रीय कार्यालय, नयाँबानेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
एजेन्सी
Comments