नेप्सेमा ३३.०८ अंकको गिरावट, ५ अर्ब ६७ करोडको सेयर कारोबार!

मंगलबार नेप्से परिसूचक ३३.०८ अंकले घटेर २,५७६.५० विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३०८ कम्पनीको कुल १ करोड ३१ लाख ७४ हजार ३७९ कित्ता सेयरको करिब ५ अर्ब ६७ करोड ४६ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २८ कम्पनीको सेयर मूल्य बढेको छ, २१३ कम्पनीको मूल्यमा गिरावट छ भने ३ कम्पनीको मूल्य स्थिर रहको छ।

यस दिन कारोबार भएका १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा ११% एनआइसी एशिया डिभेन्चर ०८२/८३  रहेकाे छ जसको सेयर मूल्य ६.१० प्रतिशतले बढेको छ। टप लुजरमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, पोखरा फाइनान्स लिमिटेड र जानकी फाइनान्स कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा प्रभु बैँक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ९४ लाख बराबरको सेयर कारोबार भएको छ।

Comments

Back to top