हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरू मध्ये नयाँ बानेश्वर शाखालाई स्थानान्तरण गरेको छ ।

जस अनुसार अब सो शाखा स्थानान्तरणपछि कोटेश्वर शाखा नामबाट सम्पूर्ण बैंकिक सेवा प्रदान गरी सञ्चालनमा ल्याएको छ।

उक्त शाखाको शुभारम्भ बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरूको उपस्थितिमा शुभारम्भ गरेका थिए।

Comments

Back to top