भारतका पूर्वप्रधानमन्त्री सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदैछ । उनको अन्तिम संस्कार नयाँ दिल्लीको निगमबोध घाटमा हुने भारतको गृह मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपि विपक्षी दल कंग्रेसले सिंहकाे अन्त्येष्टि र श्रद्धाञ्जलीका लागि उपयुक्त ठाउँको माग गरेको छ । अहिले कांग्रेससहित अन्य दलले सरकारको यो निर्णयको विरोध गरिरहेका छन् । तर गृह मन्त्रालयले मनमोहन सिंहको स्मारक निर्माण गर्न अनुमति दिएको खबरमा उल्लेख छ ।

सिंहको अस्ति बिहीवार राति ९२ वर्षको उमेरमा निधन भएको हो । उनको निधनमा सरकारले हिजो सात दिनको राजकीय शोक मनाउने घोषणा गरेको थियो ।  

सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हालेका सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय भएको हो । शोक आउँदो जनवरी १ तारिखसम्म मनाइनेछ । त्यस्तै राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।

एजेन्सी

 

Comments

Back to top