दही खाएपछि के नखाने ? यी ५ चिज हुनसक्छ हानिकारक
दही स्वास्थ्यका लागि निकै फाइदाजनक छ । आयुर्वेदमा दहीलाई पेटसम्बन्धी रोग निको पार्ने र पाचन प्रणालीलाई सुधार्ने खाना मानिन्छ ।
विशेषगरी गर्मीमा दहीको सेवनले शरीरलाई शीतल राख्छ र पाचनलाई बलियो बनाउँछ । दही खाँदा शरीरलाई क्याल्सियम र भिटामिन प्राप्त हुन्छ । जसका कारण हड्डी बलियो हुन्छ ।
दहीमा भिटामिन बी १२, प्रोबायोटिक, पोटासियम, म्याग्नेसियम, क्याल्सियम र प्रोटिन जस्ता पोषक तत्वहरू पाइन्छ जुन शरीरका लागि फाइदाजनक हुन्छ । तर, के तपाईंलाई थाहा छ दहीमा केही चीज मिसाएर खाँदा वा दही खाएपछि खाँदा स्वास्थ्यमा हानि पुग्न सक्छ ।
धेरै पटक जानीजानी वा अन्जानमा मानिसहरूले दहीसँग यस्ता खानेकुरा खान्छन् जुन शरीरका लागि हानिकारक हुन्छ। जानौँ दही खाएपछि के के नखाने ?
दूध वा त्यसबाट बनेको खानेकुरा : आयुर्वेदमा दहीसँग दूध वा त्यसबाट बनेको खानेकुराको सेवन गर्नु हुँदैन । कतिपयले दहीसँग खीर वा दूध पिउने गर्छन्, जुन हानिकारक साबित हुन सक्छ । आयुर्वेदमा दही र दूध एकसाथ सेवन गर्न निषेध गरिएको छ । दही हल्का र सजिलै पचाउन सकिने खानेकुरा हो भने दूध भारी र ढिलो पच्ने खानेकुरा हो भन्ने मान्यता छ । दुवै सँगै सेवन गर्दा ग्यास, एसिडिटी, पेट फुल्ने र पाचन सम्बन्धी समस्या हुनसक्छ ।
आँप : गर्मीमा मानिसहरू खानामा दही खाने र त्यसपछि आँप काटेर खाने गर्छन् । तर, यी दुई चिज सँगै खाँदा तपाईंलाई हानी हुनसक्छ । दहीसँग आँप खानु हुँदैन । आँप तातो प्रकृतिको र दही चिसो प्रकृतिको हो । दुवै सँगै सेवन गर्नाले शरीरमा विषाक्त पदार्थहरू बन्न सक्छ । यसो गर्दा पाचन र छाला सम्बन्धी समस्या हुन सक्छ ।
माछा : माछा पकाउँदा कतिपयले टमाटरको सट्टा दहीको प्रयोग गर्छन् तर त्यसो गर्नु स्वास्थ्यका लागि राम्रो होइन । दहीसँग माछा खाँदा हानिकारक हुनसक्छ । यसले पेट दुख्ने, अपच, ग्यास र बान्ता हुन सक्छ । त्यसैले माछा दहीसँग वा दहीपछि खानु हुँदैन ।
प्याज : दही र प्याजको संयोजन पनि आयुर्वेदमा राम्रो मानिँदैन । कतिपयले खानामा प्याज खाने र दहीसँगै खाने यी दुवै कुराले हानि पुर्याउन सक्छ । दहीमा प्याज मिसाएर खानु पनि ठिक होइन । यसले एलर्जी, ग्यासको समस्या वा बान्ता हुन सक्छ।
केरा : केरालाई दूधसँग खाने गरिन्छ भने कतिपयले दहीसँग केरा पनि खान्छन् । धेरै पटक मानिसहरूले फल राइता बनाएर खान्छन् जसमा केरा प्रयोग गरिन्छ। तर, आयुर्वेदमा दही र केरा सँगसँगै खानु उचित मानिँदैन । यसले स्वास्थ्यमा निकै नराम्रो असर पार्न सक्छ । दही खाएको २ घण्टापछि मात्रै फलफूल खानुपर्छ ।
एजेन्सी
Comments