नेट सेट गोः फोनपे बिल्सबाट इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्ष निःशुल्क इन्टरनेट
फोनपेले आफ्नो अभियान ‘नेट सेट गो’ सार्वजनिक गर्दै इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्षको निःशुल्क इन्टरनेट जित्ने अवसर प्रदान गरेको छ।
यस अभियानको उद्देश्य ग्राहकहरूलाई डिजिटल भुक्तानी प्रणालीमा प्रोत्साहन दिनु हो। ग्राहकहरूले मोबाइल बैंकिङ एपको फोनपे बिल्सबाट कम्तिमा ३ महिना इन्टरनेट बिल भुक्तानी गर्नु पर्नेछ।
यस अभियानको अवधि पुस २९ गतेसम्म हुनेछ। लक्की ड्रा मार्फत विजेताहरूको चयन गरिनेछ, र ५ भाग्यशाली विजेताले १ वर्षको निःशुल्क इन्टरनेट प्राप्त गर्नेछन्।
यस अभियानले ग्राहकहरूको भुक्तानी प्रक्रिया सरल र आकर्षक बनाउन र डिजिटल भुक्तानीको महत्त्वलाई प्रोत्साहित गर्नको लागि आयोजना गरिएको हो।
अभियानको विवरण
अभियानको नाम नेट सेट गो
अभियान अवधि पुस २९ गतेसम्म
योग्यता मोबाइल बैंकिङ एपको फोनपे बिल्सबाट कम्तिमा ३ महिना इन्टरनेट बिल भुक्तानी गर्नुहोस्।
पुरस्कार ५ भाग्यशाली विजेताले १ वर्षको निःशुल्क इन्टरनेट प्राप्त गर्नेछन्।
कसरी सहभागी हुने
फोनपेको ‘‘नेट सेट गो’ अभियानले तपाईंको इन्टरनेट बिल भुक्तानीलाई रोमाञ्चक अवसरमा परिणत गर्दछ, सहभागी हुनका लागि यी सरल चरणहरू पालना गर्नुहोस्।
मोबाइल बैङ्किङ एप खोल्नुहोस् फोनपे सम्बन्धित आफ्नो मोबाइल बैङ्किङ एप खोल्नुहोस्।
फोनपे बिल्स चयन गर्नुहोस् एपमा भुक्तानी वा बिल भुक्तानी सेक्सनमा जानुहोस् र फोनपे बिल्स ट्याबमा क्लिक गर्नुहोस्।
इन्टरनेट बिल चयन गर्नुहोस् इन्टरनेट ट्याबमा क्लिक गरी उपलब्ध इन्टरनेट सेवा प्रदायकको सूचीबाट उपयुक्त प्रदायक चयन गर्नुहोस्।
बिल विवरण प्रविष्ट गर्नुहोस् आफ्नो खाता र बिलको सही विवरण लेख्नुहोस्। ३ महिना वा थप भुक्तानी अवधिको चयन गर्नुहोस् लक्की ड्रा मा सहभागी हुनका लागि अभियान अवधिमा कम्तिमा ३ महिना इन्टरनेट बिल फोनपे बिल्स मार्फत तिर्नुहोस्। भुक्तानी पुष्टि गर्नुहोस् सबै विवरण जाँचेर भुक्तानीको पुष्टि गर्नुहोस्।
एजेन्सी
Comments