एचआइडीसीएलले लगानीकर्तालाई ५.२५ प्रतिशत नगद लाभांश दिंदै

जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ५.२५ प्रतिशत नगद लाभांश दिंदैछ । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस १२ गते शुक्रबार बुक क्लोज गर्ने भएको छ ।

तसर्थ पुस ११ गते बिहीबारसम्म कायम रहने सेयरधनीले साधारण सभामा सहभागी हुन र लाभांश हात पार्न सक्नेछन् ।

एजेन्सी

Comments

Back to top