अमेरिकाले गर्यो यमनका हुथी विद्रोहीमाथि हवाई हमला
अमेरिकी सेनाले यमनको राजधानी सानास्थित हुथी विद्रोही रहेको ठाउँमा हवाई हमला गरेको छ ।
अमेरिकी केन्द्रीय कमाण्डले लाल सागरमा हुथी विद्रोहीहरूका धेरै ड्रोन र जहाजलक्षित क्रुज मिसाइल पनि खसालेको बीबीसी हिन्दीकाे समाचारमा उल्लेख छ ।
‘आक्रमणमा ती आधारहरूलाई निशाना बनाइएको छ, जहाँबाट कमाण्ड सुविधा उपलब्ध गराइन्छ र मिसाइलहरू राखिन्छन्,’ अमेरिकी सेनाले भनेको छ ।
इजरायलमा हुथी विद्रोहीले गरेको आक्रमणपछि अमेरिकाले यो हमला गरेको हो । हुथी विद्रोहीहरूले शनिबार इजरायलको तेल अविभमा ब्यालेस्टिक मिसाइल आक्रमण गर्दा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
हुथी इरान समर्थित विद्रोही समूह हो, जसको नियन्त्रण यमनको उत्तर–पश्चिम क्षेत्रमा रहेको छ ।
अक्टोबर २०२३ मा गाजामा युद्ध सुरु भएपछि हुथीहरूले इजरायल र अन्तर्राष्ट्रिय जहाजमा आक्रमण गर्न थालेका थिए। हुथी विद्रोहीले आफूहरू र प्यालेस्टिनीहरू एकजुट भएको बताएका छन् ।
एजेन्सी
Comments