ज्योति क्यापिटल लिमिटेडले शेयरधनीलाई लाभांश दिने

ज्योति क्यापिटल लिमिटेडले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने निर्णय गरेको छ ।

कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ३.६१ (कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले पुस २६ गते शुक्रबार ज्योति विकास बैंकको केन्द्रीय कार्यालय कमलपोखरीमा बिहान ९ बजे बस्ने गरी साधारण सभा बोलाएको छ ।

साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहित लेखापरीक्षकको प्रतिवेदन, असार मसान्तसम्मको नाफानोक्सान हिसाबत तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण छलफल गरी पारित गरिनेछ ।

साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने, दुई जना स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि सभामा लगिनेछ । आज शुक्रबार शेयर बजार बन्द रहने भएकाले पुस ४ गतेसम्म कायम शेयरधनी मात्रै लाभांशको हकदार बन्नेछन् ।

एजेन्सी

Comments

Back to top