भुटानी शरणार्थी प्रकरण: बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बेचन झा र प्रतीक थापालाई उच्च अदालत पाटनले थुनामै राख्ने निर्णय गरेको छ ।

ठगी, लिखत किर्ते, राज्यविरूद्ध र सङ्गठित अपराधको अभियोगमा जिल्ला अदालत काठमाडौंले गरेको आदेशलाई उच्च अदालतले सदर गरेको हो ।

बेचन झा र पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिकले जिल्लाको आदेशविरुद्ध पुनर्विचारका लागि उच्च अदालतमा निवेदन दिएका थिए । तर, अदालतले उनीहरूको निवेदन खारेज गर्दै थुनामै राख्नुपर्ने निर्णय गरेको हो ।

बेचन झालाई भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रामशरण केसीको बयानका आधारमा असार १४ गते पक्राउ गरिएको हो । झाले आफू यो प्रकरणमा संलग्न नभएको दाबी गर्दै आएका छन् ।

लामो समय फरार रहेका थापालाई पनि सोही मितिमा पक्राउ गरिएको थियो । उनीमाथि ठगी र सङ्गठित अपराधको गम्भीर आरोप छ ।

उच्च अदालतको यो आदेशले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूलाई कानुनको दायराभित्र ल्याउन दृढता देखाएको छ । मुद्दाको गम्भीरताका कारण अदालतले अभियुक्तहरूलाई थुनामै राखेर अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउन आवश्यक ठानेको छ ।

एजेन्सी

Comments

Back to top