नेप्से इन्ट्राडे अपडेट: ४१.७९ अंकको गिरावट!
सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक ४१.७९ अंकले घटेको छ।
दुई घण्टामा नेप्से ४१.७९ अङ्कले घटेर २,६४०.४९ मा आएको हो। २९२ कम्पनीको ६,४९१,०८८ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब ९३ करोड २७ लाख बराबरको कारोबार भएको छ।
यसदिन दिन टप गेनरमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ६.२८% वृद्धि भएको छ भने टप लुजरमा कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.९०% ले घटेको छ।
Comments