काठमाडौं महानगरका पूर्वमेयर सिंहको निधन, पार्थिव शरीरलाई दिउँसो १ बजेसम्म कांग्रेसको कार्यालयमा राखिने
काठमाडौं महानगरपालिकाका पूर्वमेयर (पूर्वप्रमुख) पीएल सिंहको निधन भएको छ ।
उनको आज (सोमबार) उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसका ८७ वर्षीय नेता सिंह पेटसम्बन्धी रोगको उपचारमा थिए ।
तत्कालीन मेयर सिंहले काठमाडौं नगरपालिकालाई विसं २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा गरेका थिए ।
काठमाडौं महानगरपालिकाका पूर्वमेयर (पूर्वप्रमुख) स्वर्गीय पीएल सिंहको पार्थिक शरीरलाई आज दिउँसो १ बजेसम्म सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा राखिने भएको छ ।
कांग्रेसका नेतासमेत रहेका सिंहको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ सम्म निवास चक्सिबारीमा राखिएको छ ।
त्यसपछि सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा दिउँसो १ बजेसम्म राखिने पारिवारिक स्रोतले जनाएको छ । यसपछि उनको आजै अन्त्येष्टि गरिनेछ ।
एजेन्सी
Comments