शाइन रेसुंगा डेभलपमेन्ट बैंकको पुस १९ गते वार्षिक साधारण सभा

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न पुस १९ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभामा बैंकले ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद (करसहित) लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

यसैगरी, सञ्चालक समितिमा संस्थापकका तर्फबाट ३ जना र सर्वसाधारणबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।

साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

साथै, साधारण सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने–गाभिने र प्राप्तिका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले पुस ३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस २ गतेसम्म कायम रहने सेयरधनी मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

साधारण सभा, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एन्ड प्रा.लि. मणिग्राम, रुपन्देहीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

एजेन्सी

Comments

Back to top