आइएमई बैंक लिमिटेडको आज मंसिर २७ गते १८औं वार्षिक साधारणसभा
आज मंसिर २७ गते ग्लोबल आइएमई बैंक लिमिटेडको साधारणसभा बस्ने भएको छ। बैंकको १८औं वार्षिक साधारणसभा आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेदेखि बस्दैछ। बैंकले गत वर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको आधारमा ५.५० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ।
यसका साथै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरण विवरण छलफल गरी पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति र सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव सभामा पेश हुनेछ।
साधारण सभा प्रयोजनार्थ यस बैंकले मंसिर ९ गते बुक क्लोज गरिसकेकाले मंसिर ८ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
एजेन्सी
Comments