नेप्सेमा ४५.८८ अंकको वृद्धि, ५ अर्ब ५ करोडको सेयर कारोबार!
बुधबार नेप्से परिसूचक ४५.८८ अंकले बढेर २,७१५.७१ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३०८ कम्पनीको कुल १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता सेयरको करिब ५ अर्ब ५ करोड ६ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २११ कम्पनीको सेयर मूल्य बढेको छ, २९ कम्पनीको मूल्यमा गिरावट छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।
यस दिन कारोबार भएका १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ ।
प्रमुख कारोबार
यस दिन टप गेनरमा ङादी हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ। टप लुजरमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.९९% ले घटेको छ। कारोबार रकमका आधारमा जानकी फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड १५ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै आरबीबी म्युचुअल फण्ड २ को कारोबार भयो।
Comments