मोबाइल फोनको प्रयोगबाट बालबालिको बिकासमा पार्ने प्रभावहरु

अहिलेको समयमा प्राय बालबच्चाको हातमा मोबाइलफोन हुन्छ । बालबच्चालाई कसरी मोबाईलफोनको टाढा राख्ने भन्ने बाबुआमाको हातमा हुन्छ । अभिभाबकले धेरै मात्रामा मोबाईल प्रयोग गर्दा उनिहरुले पनि देखेर सिक्छन र लत बस्न जान्छ ।

मोबाईल देखाएर बालबालिकालाई खाना खुवाउने चलन प्रायको रहेको हुन्छ र यस्तो गर्दा बालबालिकाले आफुले खाएको खानाको स्वाद थाहा थाहा पाउँदैनन । बालबालिकामा पाचन प्रणालि साथै पोषण सम्बिन्धि समस्या देखा पर्न सक्दछ ।

बालबच्चा निदाउनु अगाडि मोबाइल चलाउन दिनुहुदैन किनकि मोबाईल चलाउदा यसबाट आउने उज्यालोले निन्द्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने गर्दछ । बालबालिकाले मोबाईलको प्रयोग गरेमा एकोहोरोपन आउने तथा रिसाउने ,रुने दोहोरो कुरा नगर्ने हुन सक्दछन् ।

बालबालिकामा मोबाईल फोनको प्रयोगले मनोबैज्ञानिक असर पनि पर्न जान्छ । मोबाइलका अस्लिल भिडियो, धाराबाहिक गेमहरूको प्रयोगले बालबालिकाहरू लतमा फसिसकेका हुन्छन् । गेममा जित्नै पर्ने, जित्न नसक्दा रिसाउने स्वभावको संवेग बढ्न जान्छ । एकपछि अर्को नयाँ–नयाँ चित्र हेर्ने बानिले पढाइमा रूचि कम हुँदै जाने र पढाइमा कमजोर हुँदै जाने हुन्छन् । जसबाट शिक्षक साथीभाइ तथा अभिभावकबाट टाढा हुँदै जाने र एकाङ्कीपन बढ्दै जाने स्वभाव हुन्छ । सबै कोणबाट कमजोर महसुस हुदै जाने र अन्तमा आत्महत्याको अवस्थासम्ममा पुग्न सक्छन् ।

त्यस कारण अभिभावकले बालबालिकाको छेउमा बसेर फोन नचलाउने साथै सकिन्छ भने सके सम्म खालि समय आफ्ना बालबच्चासगँ बिताउने गर्नुपर्दछ ।

एजेन्सी

Comments

Back to top